यो मन त मेरो नेपाली हो


‘पोई पर्यो काले’को कमेडी र सस्पेन्स ट्रेलर सार्वजनिक

कात्तिक ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पोई पर्यो काले’को कमेडी, सस्पेन्स र भावनाले भरिएको ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरमा कालो बर्णको केटा मन नपराउने एक यूवतीको जीवनमा आइपर्ने घटनाक्रमलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।

चलचित्र ‘पोई पर्यो काले’मा शिशिर राणाको कथा तथा निर्देशन छ । चलचित्रमा नायक सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धरको साथमा नायिकाहरु पूजा शर्मा, श्रृष्टी श्रेष्ठ लगायतको मुख्य भूमिका छ ।चलचित्र नायिका पूजा शर्मा र नायक सौगात मल्लको वरिपरी घुमेको छ । चलचित्रको ट्रेलरले दर्शकलाई उत्सकुता पैदा गरेको छ ।तिहारको समयमा चलचित्र हेरेर दर्शकले मनोरञ्जन लिने कुरामा यसको निर्माणपक्ष विश्वस्त देखिएको छ ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् ।


चलचित्रमा लालबहादुर क्षेत्री र अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, तारा थापाको सम्पादन, शिव ढकालको छायांकन छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add