यो मन त मेरो नेपाली हो


निश्चललाई प्रशंसकद्वारा सफलताको शुभकामना

काठमाडौँ: निर्देशक तथा अभिनेता निश्चल बस्नेतका प्रशंसकहरुले आगामी चलचित्र ‘घामड शेरे’लाई सफलताको शुभकामना दिएका छन् । शनिबार राजधानीस्थित ‘स्टेशन ५’ परिसरमा उनका प्रशंसकले शुभकामना व्यक्त गर्दै केक काटिदिए ।

प्रशंसक भेटघाट कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का भने काम विशेषले उपस्थित हुन सकिनन् । प्रशंसकसँग भलाकुसारी गर्दै निश्चलले मायाको खुसि व्यक्त गरे । ‘मलाई माया गरेर यति समय निकालिदिनु भएकोमा सबैलाई धन्यवाद । मेरो फ्यान भन्न अलि अप्ठेरो लाग्छ मलाई, त्यसैले मेरो राम्रो काममा ताली र नराम्रो काममा सुझाव दिनु हुने सम्पूर्णमा आभारी छु । सबैको राम्रो होस ।’ निश्चलले भने ।

तिहारको अवसर पारेर कार्तिक ८ गते रिलिज हुने लागेको ‘घामड शेरे’मा निश्चलले शिर्ष भूमिका निर्वाह गरेका छन् । पहिलो पटक पत्नी स्वस्तिमासँग जोडी बाँधेका निश्चलले ‘घामड शेरे’ आफ्नो लागी विशेष गरेको बताए ।

अहिलेसम्म अभिनय गरेकोमा सबैभन्दा आनन्द लिएको सिनेमा कुन ? भन्ने प्रश्नमा निश्चलले भने ‘केमियो कति गरियो, यकिन छैन। लामो भूमिका पाएर अभिनय गरेको ‘फिटकिरी’मा त्यति मज्जा लिन पाइन् । किनकी, त्यसमा अभिनय सिक्दा सिक्दै छायाँकन सकियो ।’ निश्चलले अगाडी थपे ‘कबड्डी’मा काम गर्दा पनि त्यो खाले मज्जा लिन पाइन् । सम्भवत: ‘घामड शेरे’ नै हुनुपर्छ जसमा मज्जाले अभिनय गर्न पाएँ ।’

हेमराज बिसीको कथा, पटकथा, निर्देशन र निर्माण रहेको सिनेमामा निश्चल र स्वस्तिमाका अलावा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको पनि अभिनय छ ।

बिसी मोसन पिक्चर्सको व्यानरमा निर्मित सिनेमामा कालीप्रसाद बाँस्कोटाको संगीत, नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन छ । नरेन्द्रविक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको सिनेमामा निर्देशक बिसी र सिमोश सुनुवारको लगानी छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add