यो मन त मेरो नेपाली हो


चलचित्रकर्मी महेश दाहाल अस्ट्रेलियाको राजदूतमा नियुक्त

नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल अस्ट्रेलियाको राजदूतमा नियुक्त भएकोमा नेपाल फिल्म सोसाईटीले बधाई तथा सफल कार्यकालको लागि शुभकामना प्रदान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै राजदूत महेश दाहाललाइ बधाई तथा सफलताको शुभकामना प्रदान गरिएको हो ।
उक्त कार्यक्रममा नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्ल,नेपाल चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराई,नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का,नेपाल चलचित्र कलाकार संघका पुर्व अध्यक्ष नवल खड्का,चलचित्र निर्माता तथा निर्देशक अशोक शर्मा,निर्देशक श्याम भट्टराई,निर्देशक घनश्याम खतिवडा,चलचित्र निर्माता मधु कुमार श्रेष्ठ, नेपाल चलचित्र कलाकार संघका महासचिब चेत बहादुर सिंह,नेपाल चलचित्र कलाकार संघका कोषाध्यक्ष,सुनिल कटुवाल लगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै चलचित्रकर्मीहरुले नेपाली चलचित्रको बजार विस्तार र सहज चलचित्र प्रदर्शनको लागि पहल गर्न राजदुत समक्ष प्रस्ताव राखेका थिए । नव नियुक्त राजदुत टेलिभिजनकर्मी पनि भएकाले चलचित्रको बिषयमा धेरै नै ज्ञान छ र नेपाली चलचित्रको योगदानका लागि उदरहणीय कार्य गर्न चलचित्रकर्मीहरुले राजदुत समक्ष प्रस्ताव पनि राखे ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add