मानिसको बाहिरी रुप हेरेर राम्रो नराम्रो भनिने गलत सोच राख्नु हुँदैन भन्ने सन्देश सिनेमाले बोकेको छ । मानिसको रुप भन्दा पनि मन सफा र गोरो हुनुपर्ने बिषयलाई उठाउन खोजेको सिनेमामा निर्देशक शिशिर राणाकै कथा रहेको छ ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको सिनेमामा पूजा र आकाश सँगै सौगात मल्ल,श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल , बिन्दा खातियोडा लगायतको मुख्य भूमिका रहेको छ ।सिनेमामा नायिका पूजा शर्मा र नायक सौगात मल्लको वरिपरी घुमेको छ । सिनेमाको केही दिन अघी सार्वजनिक भएको ट्रेलरले दर्शकलाई उत्सकुता पैदा गरेको छ । तिहारको समयमासिनेमा हेरेर दर्शकले मनोरञ्जन लिने कुरामा यसको निर्माणपक्ष विश्वस्त देखिएको छ ।
किरण नेपाली प्रस्तुतकर्ता रहेको सिनेमामा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । शिव ढकालको छायांकन रहेको सिनेमामा अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी रहेको छ ।








0 comments:
Post a Comment