फागुन ९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘आमा’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। चलचित्रकी निर्मात्री शर्मीला पाण्डेले बिहिबार बिहान आफ्नो फेसबुक मार्फत ‘सम्पूर्ण आमाहरु प्रति समर्पित , आमाहरु कै कथा बोकेको चलचित्र ” आमा ” भन्दै चलचित्रको पोस्टर सार्वजनिक गरेकी हुन् ।
चलचित्र ‘आमा’को लेखक,निर्देशक तथा छायांकार दीपेन्द्र के.खनालले गरेका हुन् ।आमा र छोरीबिचको सम्बन्धलाई देखाउने चलचित्रमा मिथिला शर्मा र सुरक्षा पन्त आमाछोरीको भूमिकामा छन्।त्यस्तै सरिता गिरी, मनिष निरौला, आशान्त शर्मा, देशभक्त खनाल लगायतको चलचित्रमा अभिनय रहेको छ।
अभिनेत्री सुरक्षा पन्तले त चलचित्रको कथामा आफूलाई फिट देखाउन कपाल मुन्डन गराएकी थिइन्।सोसल ड्रामा ‘आमा’लाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । काठमाण्डौ र रामेछापको लोकेशनमा छायांकन गरिएको यस चलचित्रमा सह–निर्माता सन्तोष अधिकारी हुन् ।











0 comments:
Post a Comment