चलचित्र ‘पोई पर्याे काले’को शीर्ष गीत सार्वजनिक गरिएको छ । आईतबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्रको शीर्ष गीत सार्वजनिक गरिएको हो । गीतमा अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेतीको शब्द तथा रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर रहेको छ ।
सार्वजनिक गीतमा सौगात मल्ल, आकाश श्रेष्ठ, पुजा शर्मा, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर र सुरक्षा पन्तले कम्मर मर्काएका छन् । गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्
दिपावलीको अवसर पारेर कार्तिक ८ गते रिलिज गर्न लागेकोचलचित्र ‘पोई पर्याे काले’मा सौगात, पुजा, आकाश, श्रृष्टी, सोहित, सुरक्षासँगै किरण नेपाली, श्रृष्टी खड्का, शिशिर राणा, राजाराम पौडेल, विनोद खतिवडा, श्याम राई, गोपाल ढकाल, राजेन्द्र नेपाली लगायत कलाकारको अभिनय रहेको छ ।
शिशिर राणाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाई दिपक मनाङ्गे र सरोज नेपालीले निर्माण गरेका हुन् । अमलादेवी राई कार्यकारी निर्माता रहेको फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् ।
चलचित्रमा लाल बहादुर खाती,अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, तारा थापा किम्भेको सम्पादन शिब ढकालको छायाँकन छ।
शिशिर राणाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी रहेको छ । किरण नेपालीले प्रस्तुत गरेको फिल्ममा अमलादेवी राई कार्यकारी निर्माता रहेकी छिन् । शिव ढकालले खिचेको फिल्मलाई तारा थापाले सम्पादन गरेका हुन् ।
- फेसबुक कमेन्टस
- गुगल प्लस
Subscribe to:
Post Comments
(
Atom
)








0 comments:
Post a Comment