काठमाडौं / गायक आशिष सचिन (गौतम) र मेलिना राईको ‘एकान दुई कान मैदान’ बोलको गीत सार्वजनिक भएको छ । गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतमा गायक आशिषसँगै आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन (माकुरी) फिर्चड छन् ।
हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भिम विसीको संगीत रहेको छ भने संगीत संयोजन उदयराज पौडेलको रहेको छ ।
अर्जुन तिवारीले खिचेको म्युजिक भिडियोलाई जीवन थापाले सम्पादन गरेका छन् । यो म्युजिक भिडियोलाई दिपक आर्चायले निर्देशन गरेको हुन् ।
गीतको भिडियो निकैनै उत्कृष्ट बनेको छ, गाउले जीवनको कथा वस्तु र हाउभाउमा आधारित रहेर भिडियो निर्माण गरेको देखिन्छ ।
चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
0 comments:
Post a Comment