यो मन त मेरो नेपाली हो


कार्तिक १५ मा सुशील र रुविना थापा फ़िचरिङ्ग ‘लभ डायरिज’

सुशील श्रेष्ठ अभिनित चलचित्र‘लभ डायरिज’ले नयाँ प्रदर्शन मिति तय गरेको छ ।असोज ३ रिलिज डेट पोस्टपोण्ड गर्दै चलचित्र ‘लभ डायरिज’अब कार्तिक १५ गते प्रदर्शन मा आउने भएको छ ।चलचित्रको एक रोमान्टिक गीत पनि सार्वजनिक भैसकेको छ ।

युवायुवती बीचको माया प्रेम र कमेडी धारमा चलचित्र निर्माण भएको ‘लभ डायरिज’लाई सौरभ चौधरीले निर्देशन गरेका हुन् ।चलचित्रमा सुशिल सगै नव–नायिका रुविना थापा ,विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायतको अभिनय रहेको छ ।


‘लभ डायरीज’को छायाँकनमा संजय लामा, कोरियोग्राफीमा कविराज गहतराज र चार गीत समावेश संगीतमा अर्जुन पोखरेल रहेका छन् ।चलचित्रमा साहिल खान एसोसियट निर्देशकको रुपमा छन् । साहिल र मिलन श्रेष्ठले चलचित्रमा सम्पादनको जिम्मा सम्हालेका छन् । विनोद सापकोटा निर्माता रहेको चलचित्रमा सरोज तुलाधरको सह-निर्माण छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add