नेपाली साङ्गितिक आकाशमा शब्दको माध्यमबाट छुट्टै स्थान हशिल गर्न सफल गीतकार दिपक राज पाठक गीतकार मात्र नभई नेपाली समाजमा समाजसेविको पनि उपनामले उनि चर्चित छन। आफ्नो चिया ब्यबसाई संगै समाज सेवा र गीत संगीतको आकाशमा छुटै नाम बनाउन सफल छन गीतकार दिपक राज पाठक र यिनै गीतकार पाठकले पहिलो पटक आफ्नै गीतमा म्युजिक भिडियो निर्देशन गरे र अहिले सोहि गीत "मैले भन्दा " बोलको गीत बाट बेष्ट देब्युट डिरेक्टर भिडियो तर्फ बाट टप फ़ाईबमा नोमिनेट हुनुभएको छ। गायिका माण्डबि त्रीपाठीको स्वरमा रहेको गीतमा बिपिन आचार्यको संगीत रहेको छ।
गीतले छोटो समयमा निकै राम्रो चर्चा पनि कमाएको थियो। यस अवार्डको नोमिनेसनमा पर्दा गायक पाठक आफु अवार्ड नै पाएको सरह भएको उनले बताए। थुप्रै गीत लेखिसकेका गीतकार पाठकले आफ्नो सांगीतिक करिएरमा पाएको सफलता नै यहि हो उनले बताए।
ईण्डस्ट्रिएल पिस नेपाल म्युजिक अवार्ड्स २०७६ मा उनि बेष्ट देब्युट डिरेक्टर तर्फ टप ५ म पर्नु भएको छ . औद्योगिक शान्ति नेपाल संस्थाद्वारा आयोजना गरिएको औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड २०७६ को विभिन्न २२ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भयो र उनि टप फ़ाईबमा पर्न सफल भएका हुन।
२०७५ बैशाख देखि चैत मसान्तसम्म बजारमा आएका गीतहरुलाई समावेश गर्दै संस्थाले अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको हो । विगत लामो समयदेखि मुलुकका विभिन्न ठाउँहरुमा औद्योगिक मेला महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरु गर्दै पर्यटन तथा आर्थिक क्षेत्रमा क्रियाशील रहँदै आएको संस्थाले आफूसँग सहकार्य गर्दै आइरहेका कलाकारहरुको सम्मानमा अवार्डको आयोजना गरेको हो । आगामी भाद्र २५ गते राष्ट्रिय नाचघर जमलको प्रेक्षालयमा सम्पन्न हुन गइरहेको औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड २०७६ अवसरमा गीतसंगीतमा साधनारत व्यक्तित्वहरुलाई समेत सम्मान गरिने भएको छ ।
- फेसबुक कमेन्टस
- गुगल प्लस
Subscribe to:
Post Comments
(
Atom
)









0 comments:
Post a Comment