यो मन त मेरो नेपाली हो


यो दुनियाँ मेरो लागि होइन' (भिडियो) / चलचित्र ‘काले दाई’को दोश्रो गीत

काठमाडौँ: बिजयादशमीको अवसर पारि असोज १७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘काले दाई’को दोश्रो गीत सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत सार्बजनिक गरिएको हो । गीत सार्बजनिक कार्यक्रममा चलचित्रका कलाकार,संगीतकार,गायक गायिका र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो कार्य व्यस्तताको कारण निर्देशक शर्मा भने अनुपस्थित रहे ।
सार्बजनिक ‘यो दुनियाँ मेरो लागि’ बोलको गीतमा सुरज थापाको स्वर रहेको छ पवनवांग लामाको संगीत रहेको गीतमा इन्द्र रामजाली र गोभिन्द श्रेष्ठको शब्द रचना रहेको छ । गीत सार्बजनिक कार्यक्रममा बोल्दै अभिनेता शिशिर यो चलचित्रलाई लिएर निकै उत्साहित र आशावादी रहेको बताए । प्राय सबै चलचित्रमा सहायक रोलमा मात्र देखिने शिशिरले यसपटक चलचित्रमा आफ्नो जोडी बाँधिएको पनि बताए ।

नेपाल सेनामा कार्यरत युवाको कथा बोल्छ । शिव शर्माले निर्देशन गरेको चलचित्र नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। चलचित्रमा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ। अन्तर्जातीय प्रेम कथा पनि चलचित्रले उठाउन खोजेको छ ।

चलचित्रमा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, रामचन्द्र अधिकारी,गोबिन्द श्रेष्ठ लगायतको अभिनय रहेको छ। चलचित्रको कथा ईन्द्र रामजाली र किशन अर्यालले लेखेका हुन् । चलचित्रमा पवन गौतमको छायांकन, कुमार महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्नेछ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add