यो मन त मेरो नेपाली हो


सिनेमा गोर्खेको "गाउ भरि हल्ला " सार्वजनिक / गीतमा भंगेरी डन र एन्जल

कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाको निर्माणमा तयार भएको सिनेमा "गोर्खे " को प्रमोसनल गीत "गाउँ भरि हल्ला " सार्वजनिक भएको छ।
गीतमा अर्जुन गुरुङ र एन्जल श्रेष्ठ र साथीहरुलाई फिचड गरिएको छ। भुसण खतियोडाको स्वर रहेको यस गीतमा शब्द / संगीत भने हरि लम्सालको रहेको छ। यसअघि  सार्वजनिक गरिएको सिनेमाको एक गित "सिन्के अचार " अहिले निकै हिट पनि छ। मुख्य शहायक निर्देहक किम्मत गौतम रहेको यस सिनेमाको गीतमा कोरियोग्राफी भने शिब बि कले गरेका छन  ।
 पाल्पा ,बर्दघाट,धम्पुस,पोखरा र काठमाण्डौ लगायत नेपालको रमणीय स्थानहरुमा छायांकन गरिएको यस सिनेमालाई निर्देशक शंकर महर्जनले निर्देशन गरेकाहुन।  हिमाल के सीको द्वोन्द निर्देशन रहेको यस सिनेमाले गोर्खे बन्ने सपना बोकेका ५  युवाहरुको पात्र लाई सिनेमामा देख्न पाईने बताए निर्माता हरि थापाले।

सिनेमामा रबिन्द्र प्रताप सेन,अन्जली अधिकारी,अर्जुन गुरुङ्ग,आश्मी लामा,आश्मी श्रेष्ठ,एन्जेल श्रेष्ठ ,बाल्दिप राई लगायतकाको प्रमुख अभिनय रहेको छ। 


सौरब लामा र निरज कंडेलले खिचेको यस सिनेमाको कथा भने काजी लिम्बुले लेखेका हुन।  करिब ४५ दिनमा छायांकन सकिएको छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको यस

नेपाल प्रदर्शन मिति तय नभएको यस सिनेमाको चाडै नै अस्ट्रेलिया र अमेरिकामा शो हुने बताए निर्माता हरि लामाले। "हामीले नेपाल प्रदर्शन मिति तय गरेका छैनौ तर बिदेशको केहि शो पस्चात भने नेपाल रिलिज मिति तय गर्नेछौ" निर्माता हरि  लामाले हामि संग भन्नुभयो।
मित्र डी गुरुङको सम्पादन रहेको यस सिनेमाको बितरण जिम्मा भने बितरक सुनिल मानन्धर लिएका छन।



गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add