यो मन त मेरो नेपाली हो


निर्माता माधव वाग्ले अब निर्देशनमा / बनाउंदैछन सिनेमा ‘पारस’

चर्चित एवं सफल निर्माता माधव वाग्ले अब निर्देशनको बाटोमा पनि हिड्ने भएका छन् । उनले पहिलो पाइला स्वरुप सिनेमा ‘पारस’ बनाउने भएका छन् ।आइतबार बेलुका आफ्नो फेसबुक अकाउन्टबाट सिनेमाको नाम आउट गर्दै आफ्नो पहिलो निर्देशनको बारेमा जानकारी दिएका छन् । लभस्टोरी जनराको ‘पारस’मा निश्चल बस्नेत र सन्दीप क्षेत्री फाइनल भएका छन् ।

सिनेमा नाम झट्ट सुन्दा पुर्वयुवराज पारसको जीवनीमा आधारित हुन् सक्ने अनुमान गर्न सकिन्छ । तर, निर्माता हुँदै निर्देशक बन्न लागेका वाग्ले पारससँग सिनेमाको कथा सम्बन्धित नरहेको बताउछन । 


उटा अभागी पुरुषको कथा सिनेमाले बोकेको उनले बताए । हाल स्क्रिप्टमा रहेको सिनेमाको आधिकारिक घोषणा केहि दिन मै गरिनेछ । मंसीरबाट छायाँकन सुरु हुने सिनेमालाई यसै वर्षको चैत २८ मा रिलिज गर्ने लक्ष्य छ ।

वाग्लेले ‘लूट’, ‘छड्के’, ‘मिसन पैसा २’, ‘रेशम फिलिली’, ‘लभ शासा’, ‘लूट २’ र ‘चंगा चेट’ जस्ता चर्चित सिनेमा निर्माण गरिसकेका छन् । यी मध्ये सर्वाधिक कमाई गर्ने ‘लूट २’ र ‘लूट’ निश्चल बस्नेतले निर्देशन गरेका थिए । निर्देशक बस्नेतलाई लिएर वाग्लेले ‘पारस’ निर्देशन गर्ने भएका छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add