यो मन त मेरो नेपाली हो


असोजको २४ बाट प्रदर्शनमा आउंदै ‘छ माया छपक्कै’ / आशातित गीत "जुनको जुनेली"सार्वजनिक

यस बर्षको बहुप्रतिक्षित चलचित्र ‘छ माया छपक्कै’ को पहिलो गीत सार्वजनिक गरिएको छ , र सार्वजनिक गीत पनि निकै उत्कृष्ट बनेको छ ।शुक्रबार चलचित्रको गीत संगै रिलिज मिति पनि सार्वजनिक गरिएको छ ।चलचित्र अब  दशैं सकिए लगतै असोजको २४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

 चलचित्रको ‘जुनको जुनेली’ बोलको सार्वजनिक गीतमा चलचित्रको मुख्य कलाकार दिपकराज गिरी, केदार घिमिरे, केकी अधिकारी , जितु नेपाल , सुपुष्पा भट्ट ,बुद्धि तामांग र रजनी गुरुङलाई फिचरिंग गरिएको छ ।गीतमा शब्द राजेन्द्र थापाको रहेको छ भने संगीत बसन्त थापाको रहेको छ। बसन्त थापा र मीना निरौलाले गीतमा स्वर दिएका छन् । चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् ।आमा सरस्वती मुभीज,रोहीत अधिकारी फिल्मस् र आइएमइको प्रस्तुतिमा ‘छ माया छपक्कै’ लाई रोहित अधिकारीले निर्माण गरेका हुन् भने यो चलचित्रको नाफा पछी ५० प्रतिशत शेयर लिने गरी दीपकराज गिरी र दीपाश्री निरौंलाको टिमले सहकार्य गरेका हुन् । जितु नेपाल र केदार घिमीरे कार्यकारी निर्माता रहेको फिल्मको सह निर्मातामा सुमन गिरी,ताराचन्द्र बजगाइ,केशब न्यौपाने,रबिन डाँगीलगायत छन् । फिल्मको कथा निर्देशक दीपेन्द्र स्वयम्को हो भने पटकथा,सम्वाद दीपकराजको टिमले लेखेको छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add