यो मन त मेरो नेपाली हो


‘प्रेम संसार’को पहिलो गीत सुनैना सुनैना रिलिज / नायिकामा आयुष्मा कार्कीको डेब्यु।

 चलचित्र ‘प्रेम संसार’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत सार्वजनिक गरिएको हो । ”सुनैना सुनैना” बोलको गीतमा अर्जुन पोख्रेलको शब्द संगीत, राजेश पायल राई र अन्जु पन्तको स्वर रहेको छ ।गीतमा कलाकार प्रेम सोनी र आयुष्मा कार्कीलाई देख्न सकिन्छ भने कोरियोग्राफर राम गौतमले गरेका हुन् ।

मंसिर १३ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेम संसार’मा प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की , मोनिका दाहाल बिबिशा पाण्डे,राम गौतम अर्जुन पौडेल, करण पौडेल,सुनिल बिक,यम बहादुर बिक,बिजय सुनार टंक मरासैनी, किशोर पाण्डे, लगाएतको अभिनय रहेको छ ।

सोनी फिल्म्सको प्रस्तुतिमा राम गौतमको निर्देशन रहेको यस चलचित्रको कथा लेखन,निर्माता तथा प्रस्तुतकर्ता प्रेम बहादुर सुनार(गहतराज) हुन् भने, उतम केसी र देबीन गहतराज कार्यकारी निर्माता,कमल सुनार र सीता सुनार निर्माताको रुपमा रहेका छन् ।


चलचित्रमा अर्जुन पोख्रेल र बिबि अनुरागीको संगीत, शंखर महर्जनको एक्सन, एकेन्द्र सारा शंखर र राम गौतमको कोरियोग्राफी ,दिपेन्द्र बस्न्यातको छायांकन रहेको छ ।चलचित्र लाई उपत्यका बाहिर एफ.डि कम्पनि र उपत्यका भित्र रिच इन्टरटेन्टमेन्टले वितरण गर्नेछ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add