यो मन त मेरो नेपाली हो


राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण समारोह सम्पन्न / बिबरण सहित

राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण समारोह सम्पन्न / बिबरण सहित 

चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवका अवसरमा मिति २०७६ साल आषाढ २७ गते शुक्रबारका दिन राष्ट्रपतिको कार्यालय, शीतल निवासमा सम्माननीय राष्ट्रपति श्री विद्यादेवी भण्डारीज्यूको प्रमुख अतिथ्यता तथा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाज्यूको विशिष्ट आतिथ्यतामा निम्नानुसारका चलचित्रकर्मीहरुलाई वि.सं. २०७३,२०७४ र २०७५ सालको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मानबाट पुरस्कृत गरिएको छ । सो अवसरमा माननीय मन्त्रीज्यूबाट कार्यक्रमलाई स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूले समग्र चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि यस पुरस्कार तथा सम्मान कार्यक्रमले प्रभाव पुग्ने र सबै चलचित्रकर्मीहरुमा थप हौसला र प्रेरणा मिल्ने अपेक्षा लिएको कुरा आफ्नो मन्तव्य राख्नु भयो । 

अझ बढी चलचित्र क्षेत्रको विकास प्रवद्र्धन गर्नका चलचित्रकर्मीहरुमा हौसला दिने कुरा आफ्नो मन्तव्यमा राख्नु भयो ।

राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत सबै चलचित्रकर्मीलाई जनही रु. २५,०००।– नगद राशी, प्रमाणपत्र र ट्रफीबाट सम्मान गरियो । साथै दीर्घ साधना सम्मानबाट सम्मानित हुनुहुने वरिष्ठ चलचित्रकर्मीहरुलाई जनही रु. ३५१,१११।– (तीन लाख एकाउन्न हजार एक सय एघार रुपैयाँ नगद राशी, ताम्रपत्र तथा दोसल्ला ओढाई सम्मानित गरियो । कार्यक्रममा तीन वर्षका जुरी सदस्य टोलीलाई प्रमाणपत्रबाट सम्मान गरियो ।

कार्यक्रमको शुरुवातमा नेपाली चलचित्रको विभिन्न कालखण्डका उत्कृष्ट गीतहरुमा आधारित रहेर तयार पारिएको नृत्य प्रस्तुति गरिएको थियो । यस प्रस्तुतिमा विगतदेखि वर्तमानसम्मका कलाकारहरुको संलग्नता रहेको थियो । यस नृत्यको संयोजन तथा निर्देशन वरिष्ठ नृत्य निर्देशकहरु– बसन्त श्रेष्ठ, राजु शाह, कमल राई, गोविन्त प्रभात, कविराज गहतराज, दिपेन्द्र तिमल्सिनाले गर्नुभएको थियो । कार्यक्रमको कृतज्ञता ज्ञापन तथा समापन बोर्ड अध्यक्षज्यूले गर्नुभएको थियो ।

“राष्ट्रिय चलचित्र पुरस्कार २०७३”

१. उत्कृष्ट सम्पादन जात्रा मित्र देव गुरुङ
२. उत्कृष्ट छायाङ्कन लभ सासा शिवराम श्रेष्ठ
३. उत्कृष्ट लेखन (कथा, पटकथा, सम्वाद) कालो पोथी कथा– मीनबहादुर भाम
पटकथा संवाद– अविनाश विक्रम शाह
४. उत्कृष्ट अभिनेत्री निभ्न लागेको दियो ९म्थष्लन ऋबलमभि० सृजना सुब्बा
५. उत्कृष्ट अभिनेता जात्रा विपिन कार्की
६. उत्कृष्ट निर्देशक सेतो सूर्य ९ध्जष्तभ क्गल० दिपक रौनियार
७. उत्कृष्ट चलचित्र कालोपोथी ९त्जभ द्यबिअप ज्भल० शुन्य फिल्मस् प्रा.लि. (मीनबहादुर भाम)
८. उत्कृष्ट चलचित्र (आदिवासी, जनजाति, विभिन्न मातृभाषी) क्यु प्ह्रो छे (भेडी गोठाले) मिलन डि.जी. इन्टरनेशनल प्रा.लि. (देउकी सिंजाली)
९. उत्कृष्ट लोकप्रिय चलचित्र ९एयउगबिच ँष्mि० छक्का पञ्चा आमा सरस्वती गीतादेवी फिल्मस् प्रा.लि. (दिपकराज गिरी)
निर्णायक समिति (जुरी) –२०७३ लाई प्रशंसा पत्र

ज्ञ। श्री रमेश बुढाथोकी, संयोजक
द्द। श्री केशव भट्टराई, सदस्य
घ। श्री रुपा राना, सदस्य
द्ध। श्री विनोदपौडेल, सदस्य

छ। श्री सामीप्यराजतिमल्सेना, सदस्य

२०७३ सालको दीर्घ साधना सम्मान श्री सुभद्रा अधिकारी

“राष्ट्रिय चलचित्र पुरस्कार २०७४”
१. उत्कृष्ट सम्पादन मंगलम् मित्रदेव गुरुङ
२. उत्कृष्ट छायाङ्कन कृ पुरुषोत्तमप्रधान
३. उत्कृष्ट लेखन (कथा, पटकथा, सम्वाद) धनपति खगेन्द्र लामिछाने
४. उत्कृष्ट अभिनेत्री ब्लाइन्ड रक्स बेनिशाहमाल
५. उत्कृष्ट अभिनेता मंगलम् पुष्पबहादुर खड्का
६. उत्कृष्ट निर्देशक ब्लाइन्ड रक्स मिलनचाम्लिङ राई (मिलनचाम्स)
७. उत्कृष्ट चलचित्र ब्लाइन्ड रक्स चाम्स ईन्टरटेनमेन्ट प्रा.लि. (मिलन चाम्लिङ राई)
८. उत्कृष्ट चलचित्र (आदिवासी, जनजाति, विभिन्न मातृभाषी) टिन्छेन फामा (शेर्पा भाषा) शेर्पा म्युजिक वल्र्ड प्रा.लि. (कुङगा शेर्पा)
९. उल्लेखनीय अभिनय रष्ट्रिय चलचित्र पुरस्कार– महिला मंगलम् मिथिला शर्मा

१०. उल्लेखनीय अभिनय राष्ट्रिय चलचित्र पुरस्कार– पुरुष शत्रुगते रमेश रञ्जन झा

निर्णायक समिति (जुरी) –२०७४ 
ज्ञ। श्री लक्ष्मीनाथशर्मा, संयोजक
द्द। श्री सुचित्राश्रेष्ठ, सदस्य
घ। श्री फुलमानवल, सदस्य
द्ध। श्री सवनममुखिया, सदस्य
छ। श्री विष्णु प्रसाद सुवेदी, सदस्य

२०७४ सालको दीर्घ साधना सम्मान श्री किशोर राना मगर

“राष्ट्रिय चलचित्र पुरस्कार २०७५”
१. उत्कृष्ट लेखन (कथा, पटकथा, संवाद) गोपी कथा– दिपेन्द्र लामा, पटकथा संवाद– सामिप्यराज तिमल्सेना
२. उत्कृष्ट छायाङ्कन समर लभ सञ्जय लामा
३. उत्कृष्ट सम्पादन साँइली निमेश श्रेष्ठ
४. उत्कृष्ट अभिनेत्री बुलबुल स्वस्तिमा खड्का
५. उत्कृष्ट अभिनेता प्रसाद विपिनकार्की
६. उत्कृष्ट निर्देशक बुलबुल विनोद पौडेल
७. उत्कृष्ट चलचित्र गोपी आरोही ईन्टरटेनमेन्ट प्रा.ल. (मणि कर्ण के.सी.)
८. उत्कृष्ट चलचित्र (आदिवासी, जनजाति, विभिन्न मातृभाषी) रिजे नासाँ (गुरुङ भाषा) बेब्स क्रियशन प्रा.लि. (प्रितम गुरुङ)
९. जुरी प्रोत्साहन सम्मान भोर पूजा कर्ण
१०. चलचित्रको व्यापार विस्तार तथा प्रवद्र्धन सम्मान छक्का पञ्जा ३ आमा सरस्वती मुभिज् प्रा.लि. (दिपक राजगिरी)
२०७५ सालको निर्णायक समिति
ज्ञ। श्री नीर विक्रमशाह, संयोजक
द्द। श्री प्रा. केशव सुवेदी, सदस्य
घ। श्री दिनेश डि.सी., सदस्य
द्ध। श्री गौरी मल्ल, सदस्य
छ। श्री ध्रुवलम्साल, सदस्य







गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add