यो मन त मेरो नेपाली हो


‘म यस्तो गीत गाँउछु २’ को शुभ मुहुर्त सम्पन्न। पुजा र पलको जोडी पुन देख्न पाईने

असार २४ –  बर्ष २०७४ को हिट फिल्म ‘म यस्तो गीत गाँउछु’ को सिक्वेल ‘म यस्तो गीत गाँउछु २’ शुभमुहुर्त गरिएको छ । मंगलबार बिहान मनकामना मन्दिरमा पूजा गरेर चलचित्रको शुभ मुहुर्त गरिएको हो । चलचित्रको शुभ मुहुर्तमा निर्देशक सुदर्शन थापा, अभिनेता पल शाह, अभिनेत्री पूजा शर्मा लगायतको उपस्थिती रहेको थियो ।
चलचित्रको शुभ मुहुर्तको लागि नायक पल र नायिका पूजा शर्मा हेलिकप्टर चढेर मनकामना मन्दिर पुगेका थिए । मनकामना मन्दिरमा भएको शुभ मुहुर्तमा निर्देशक थापाको एक्सन कटमा पल र पूजाले शट दिएका थिए । सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन भाद्र महिनाबाट शुरु हुने निर्देशक थापाले जानकारी दिए । चलचित्रमा ‘म यस्तो गीत गाँउछु’ मा अत्याधिक रुचाईएको पल र पूजाको जोडी रहनेछन् ।अन्य कलाकार बारे भने अहिले केही खुलाईएको छैन ।
चलचित्रमा अर्जुन पोख्रेलको संगीत रहनेछ । यस अघी ‘म यस्तो गीत गाँउछु’ मा पनि उनकी संगीत रहेको छ । ‘म यस्तो गीत गाँउछु’ लाई दर्शकहरुले मन पराएको भन्दै निर्देर्शक थापाले ‘म यस्तो गीत गाँउछु २’ लाई अझ राम्रो बनाउने प्रयास गरिने बताए । चलचित्र फाल्गुन २३ गते प्रदर्शन हुनेछ । निर्देशक थापा अहिले चलचित्र ‘सम्हालिन्छ कहिले मन’को काममा व्यस्त छन् ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add