यो मन त मेरो नेपाली हो


प्रेम र श्रोयाको डेब्यु / बन्ने भयो सिनेमा लब अफ क्राईम

प्रेम र श्रोयाको डेब्यु  / बन्ने भयो सिनेमा लब अफ क्राईम 
नेपाली कथानक चलचित्र " लब अफ क्राईम " निर्माण हुने भएको छ।  डिएस फिल्मसको ब्यानरमा निर्माता दिनेश डाँगीले निर्माण गर्न लागिएको सिनेमाको शनिबार बिहान एक कार्यक्रमका बीच राजधानीको सहिदगेट स्थित श्री भद्रकाली माईको मन्दिरमा बिधिबद क्यामेरा पुजागर्दै मुहुर्त सर्ट दिई सिनेमाको औपचारिक निर्माण घोषणा गरिएको छ।  

 कुशल कोरियोग्राफर तथा निर्देशक जनक कार्कीको निर्देशनमा बन्ने यस सिनेमाले युवा पुस्ताको कथा बोल्न्ने बताए निर्देशक जनक कार्कीले।  शनिबार मन्दिरमा पुर्ब गृहराज्यमंत्री रिजवान अन्सारीले सिनेमाको मुहूर्तमा दुई शब्द राख्दै सिनेमाको सफलताको शुभकामना पनि दिनुभयो। 
निर्देशक जनक कार्कीको दोश्रो सिनेमा "लब अफ क्राईम "मा उनले नयाँ प्रयोग गर्ने बताए। निर्माता दिनेश डाँगीले आफ़ुले सिनेमाको नायक बन्न धेरै मेहेनत गरेको तर अहिले सिनेमा बनाउंदा आफु नायक बन्न मिलेको छैन कारण सिनेमाको कथा हो ,म कथामा म्याच नहुने भएर मैले नयाँ अनुहारलाई मौका दिएको हुँ "उनले भने। 
श्रोया चौधरी , प्रेम प्रसाद क्षेत्रीको प्रमुख अभिनय रहने यस सिनेमा दुबैको डेब्यु सिनेमा हो। प्रेम र श्रोयाको अलावा नबिन बिष्ट ,नरेन्द्र रोकाया ,प्रमिला खड्का ,रमा बिष्ट ,धुर्ब कोईराला , शेरबहादुर डिसी ,तेजा एर ,बद्रि पुडाशैनि र अमृता चौधरीको प्रमुख अभिनय रहने छ।  सुनिल सेनको कथा पथाकथा संबाद रहेको यस सिनेमा आगामी साउन २ गते बाट छायांकनमा जाने बताईएको छ।     
नारायण नेपालको शब्द रहेको यस चलचित्रको गीत लगयात सिनेमाको छायांकन दाङ्गको रमणीय स्थानहरुमा हुने बताए निर्देशक जनक कार्कीले।    
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add