
३८औं जन्मजयन्तीका अवसरमा प्रकाश दाहाल प्रतिष्ठानले मंगलबार राजधानीमा गरेको कार्यक्रममा उनले प्रकाशले युद्धदेखि शान्तिसम्मको अनुभव लिएको र प्रधानमन्त्री कार्यालयमा बसेर देश सन्चालनका नीतिगत प्रक्रियामासमेत संलग्न भएको बताए ।
कार्यक्रममा सगरमाथालगायत विभिन्न हिमाल आरोहण गरेका दक्षिण कोरियाली नागरिक अम हुम र नेपालका आरोहीहरु माया शेर्पा, छिरिङथुन्दुक शेर्पा, आङसार्की शेर्पा र ‘लियाजो अफिसर’ ज्ञानेन्द्रकुमार श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो ।
२०३८ साल असार १७ गते जन्मिएका प्रकाश दाहालको २०७४ साल मंसिर ३ गते हृदयाघातका कारण निधन भएको थियो ।







0 comments:
Post a Comment