यो मन त मेरो नेपाली हो


दिपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्र ‘आमा’को छायाँकन सुरु



चलचित्र ‘आमा’को छायाँकन सुरु भएको छ । सोमबार पशुपती नाथ मन्दिर परिसरमा चलचित्रको को शुभमुर्हत गर्दै छायाँकन थालिएको हो।चलचित्रमा आमाको क्यारेक्टरमा सुर्यमाला खनालले निवार्ह गर्ने्छिन् । ‘आमा’मा छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्तले निवार्ह गर्ने भएकी छन् ।भुपेन्द्र खड्काले सिनेमामा गीत लेखेका छन् । देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको लगायतका कलाकार पनि अभिनय रहने छ ।

आगामी फागुन ९ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘आमा’लाई दिपेन्द्र के खनालको निर्देशन गर्दैछन् ।डिएस डिजिटलको व्यानरमा शर्मिला पाण्डेको लगानीमा निर्माण हुने सिनेमाका सह-निर्माता सन्तोष अधिकारी हुन् ।

नेपालमा बनेको पहिलो चलचित्र ‘आमा’ नाम सापटी लिएर तेस्रो पटक सिनेमा निर्माण हुने भएको छ । ‘आमा’ नाममा हीरासिंह खत्रीले वि.सं. २०२० मा निर्माण गरेका थिए । यसपछि २०५१ सालमा रेसराज आचार्यले पनि ‘आमा’ नाममा सिनेमा निर्माण गरे ।अब तेस्रो पटक दीपेन्द्र के. खनालले ‘आमा’ नाममा सिनेमा निर्माण गर्न लागेका हुन् ।

चलचित्रको सम्पुर्ण छायाँकन काठमाडौं र रामेछापमा गरिनेछ ।सिनेमाको छायांकन निर्देशक खनाल आफैंले गर्दैछन् । कथा, पटकथा तथा संवाद निर्देशक स्वयंमले लेखेका हुन् । ‘आमा’ले एक आमा र छोरीको सम्बन्धको कथा वाचन गर्ने बताइएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add