कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाको निर्माणमा तयार भएको सिनेमा "गोर्खे " को सम्पूर्ण छायांकन सकिएको छ। बुधबार ललितपुरको चापागाउँ स्थित बज्रबाराही मन्दिरको जंगलमा सिनेमाको केहि सिन छायांकन गर्दै इण्ड्क्ल्याप गरिएको छ।
पाल्पा ,बर्दघाट,धम्पुस,पोखरा र काठमाण्डौ लगायत नेपालको रमणीय स्थानहरुमा छायांकन गरिएको यस सिनेमालाई निर्देशक शंकर महर्जनले निर्देशन गरेकाहुन। हिमाल के सीको द्वोन्द निर्देशन रहेको यस सिनेमाले गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको पात्र लाई सिनेमामा देख्न पाईने बताए निर्माता हरि थापाले।
सौरब लामा र निरज कंडेलले खिचेको यस सिनेमाको कथा भने काजी लिम्बुले लेखेका हुन। करिब ४५ दिनमा छायांकन सकिएको यस सिनेमाको एक गित "सिन्के अचार " अहिले निकै हिट पनि छ। यस सिनेमाको गीतमा कोरियोग्राफी भने शिब बि कको रहेको छ । छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको यस सिनेमामा रबिन्द्र प्रताप सेन,अन्जली अधिकारी,अर्जुन गुरुङ्ग,आश्मी लामा,आश्मी श्रेष्ठ,एन्जेल श्रेष्ठ ,बाल्दिप राई लगायतकाको प्रमुख अभिनय रहेको छ।
नेपाल प्रदर्शन मिति तय नभएको यस सिनेमाको चाडै नै अस्ट्रेलिया र अमेरिकामा शो हुने बताए निर्माता हरि लामाले। "हामीले नेपाल प्रदर्शन मिति तय गरेका छैनौ तर बिदेशको केहि शो पस्चात भने नेपाल रिलिज मिति तय गर्नेछौ" निर्माता हरि लामाले हामि संग भन्नुभयो।










0 comments:
Post a Comment