
भदौ २७ गते रिलिज हुने चलचित्र ‘पासवर्ड’लाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा सन्नीसँगै अनुपबिक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको अभिनय छ ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अकिंत गौतम कार्यकारी निर्माता रहेको फिल्ममा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् ।एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको ‘पासवर्ड’सौरभ लामाले छायाँकन गरेका हुन् । चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेको हुन् ।







0 comments:
Post a Comment