यो मन त मेरो नेपाली हो


" क्या बात ...मा निताको आईटम / यस्तो छ सिनेमा साईनोको आईट गीत

नयाँ चलचित्र ‘साइनो’को आइटम क्या बात छ…को भिडियो युट्युबमा रिलिज गरिएको छ । जसमा अभिनेत्री निता ढुँगानाको आईटम देख्न पाईन्छ ।

यो फिल्म आगामी २४ साउनबाट सिनेमा हलमा रिलिज हुँदैछ । सिनेमाको रिलिज नजिकिँदै गर्दा गीत रिलिज गरिएको हो । नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको साईनोको यो गीतमा मिना निरौलाको आवाज रहेको छ । गीतमा शब्द यमन सुवेदी र र संगीत किरण भुषालको छ ।

अभिनेत्री नीता ढुंगानाको कामुक नृत्यले यो गीतको भिडियो आकर्षक बनेको छ । नितासँगै नायक राजकुमार र हास्य अभिनेता राजा राजेन्द्र पोखरेल पनि गीतमा छन् ।

साइनोमा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ ।

चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाको निर्देशन रहेको चलचित्र साईनो अभिमन्यु निरबीले लेखेका छन् । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोमा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add