यो मन त मेरो नेपाली हो


‘पासवर्ड’ नायिका परी राणाको हट पिक्स चेन्ज / यस्तो छ प्रोफ़ाईल पिक


बलिउड अभिनेत्री सन्नी लिओनीको एक आइटम गीतमा नृत्य र केहि संवादसहितको दृश्य रहेको कुराले अहिले चलचित्र ‘पासवर्ड’ चर्चामा छ। र यसै चलचित्रमा सन्नी संगै परी राणाले पनि नेपाली चलचित्र नगरीमा डेब्यु गर्दैछिन।  केहि दिन अघि मात्र चलचित्रको पोस्टर सार्वजनिक गरेको चलचित्रको युनिटले अहिले नव नायिका परी राणाको प्रोफ़ाईल पिक चेन्जले गर्दा झन् चर्चा पाएको छ।  बिकिनी लगाएको आफ्नो फोटो सामाजिक संजाल फेसबुकमा सेर गरे संगै उनको पनि ग्ल्यामर पोज र फोटोको चर्चा भएको छ।  यस्तो छ उनले फोटो परिवर्तन संगै राहेको पोष्ट। 

भदौ २७ गते रिलिज हुने चलचित्र ‘पासवर्ड’ मार्फत नेपाली सिनेमा नगरीमा भित्रिन लागेकी नव नायिका परी राणाको यो पहिलो नेपाली फिल्म हो।  फिल्म भित्र उनलाई कसरि प्रेजेन्ट गरिएको छ भन्ने सन्धर्बमा अहिले सम्म केहि खुलाईएको छैन।  यु के मा नै बस्दै आएकी परी राणाको अभिनय भने तारिफ  योग्य रहेको बताउँछन चलचित्रका निर्देशक सम्राट बस्नेत। 
चलचित्रमा परी राणा सँगै अनुपबिक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको अभिनय छ ।  एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अकिंत गौतम कार्यकारी निर्माता रहेको फिल्ममा  अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् ।एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको  ‘पासवर्ड’सौरभ लामाले छायाँकन गरेका हुन् । चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेको हुन्  । चलचित्रका निर्माण नियंत्रक बिक्रम पण्डित रहेकाछन  । 








गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add