नेपाली हिन्दु महिलाहरुको महानपर्ब तिज नजिकिदै गएको छ र अहिले नेपाली सांगीतिक आकाशमा तीज बिसेस गीत पनि बन्ने क्रम जारि छ। तर पछिल्लो बर्षको भन्दा अहिलेको बर्ष तीज गीतको मात्रा एकदमै कम सार्वजनिक भएको छ। यसै बिचमा हालै गाएक नरेन्द्र टमट्टा र आरती रुचालको तिजको भाका ‘लामो दारीमा’ सार्वजनिक भएको छ । तिज पर्वलाई लक्षित गरी बजारमा आएको उक्त गित माने भन्ज्याङ युटुब च्यानल बाट सार्बजनीक गरियको छ ।
गायक नरेन्द्र टमट्टा लय तथा बहादुर टमट्टा र युनीक भोजराजको शब्दमा रहेको यस गितमा समिर, पुजन, प्रेम र सुजाताको अभिनय रहेको छ । माया प्रेम लाई बिषेश जोड दिएको भिडियोको निर्देशन समिर थोकर र सम्पादन मिन रावल , छायाङकन नरेर ऐर ले गरेका छन्। सम्पुर्ण फिलिम्स प्रालीले निर्माण गरेको भिडियो अन्य भन्दा फरक निर्माण गरिएको छ ।
सानै देखि गायनमा रुचि भएका नरेन्द्र टमट्टा स्कुल तिर हुने बिभिन्न कार्यक्रममा आफना प्रस्तुती राख्दै आएको र गायक बन्ने सोचका साथ पाईला अगाडी बढाएको बताउनु हुन्छ। "आफना कला प्रस्तुत गर्ने सानै देखि रहर भएपनि आर्थीक अभाबले गर्दा समयमै यो क्षेत्रमा आउन नसकेको दुँखेसो पोख्नु भयो । ससस्त्र जनयुद्ध चर्केका बेला कक्षा ७ मा पढाई छोडेर तत्कालीन माओबादीमा भुमीगत जिवन बिताएका टमट्टा करिब १८ महिना जती भुमीगत भएको बताउछन । भुमीगत अवस्थामा पनि आफु सुरुमा कलाकार टिममा रहेर काम गरे पनि पछि जनमुक्ती सेनामा रहेर काम गरेको उहाँले बताउनु भयो ।
प्रबासमा रहेर पनि गित संगितको माया कहाँ मार्न सकिन्छ र भन्दै उहाँले भन्नु भयो जे होस आफुलाई जति सम्म आयो तेति सम्मको मेहेनेत गरिरहेको बताउनु भयो । यो तिज गित आफनो पहिलो गित भएको बताउदै गाएक टमट्टा ले, यो गितले सफलता पाउने कुरामा म ढुक्क छु ,उनले भने ।
अछामको मेल्लेख गाउपालीका ६ मा जन्मीनु भएका गायक टमट्टा पछिल्लो समय भारत मा रहेर सांगितीक क्षेत्रमा लागीरहनु भएको छ । आफना हरेक गितका बारे आफु लाई सुझाब सल्लाह दिन हुन समेत उहाँले अनुरोध गर्नु भएको छ ।
भिडियो सहित
- फेसबुक कमेन्टस
- गुगल प्लस
Subscribe to:
Post Comments
(
Atom
)








0 comments:
Post a Comment