यो मन त मेरो नेपाली हो


निर्माता छविराज ओझा र नायिका शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । चलचित्र निर्माता छविराज ओझा र उनकी पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । बहुविवाह सम्बन्धी परेको उजुरीको आधारमा उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो ।  छविराजकी जेठी श्रीमती हेमा ओझाले दिएको बहुविवाहको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न पूर्जी जारी गरेको हो । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंमा परेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिइएको हो ।



छविराजकी जेठी श्रीमती हेमाले छवि र शिल्पाविरुद्ध महानगरीय प्रहरी वृत गौशालामा बहुविवाह सम्बन्धी उजुरी दिएकी थिइन् । मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७५ को उपदफा ४ बमोजिम बहुविवाह गर्ने महिला पुरुष दुवैलाई एक वर्षदेखि पाँच वर्षसम्मको कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add