यो मन त मेरो नेपाली हो


एलिना चौहानको ‘यो ज्यान कस्तो बेइमानी’सार्वजनिक (भिडियो)



युट्युबमा कभर गीत गाएर चर्चामा आएकी गायिका एलिना चौहान पछिल्लो समय धमाधम गीत रेकर्ड गराइरहेकी छिन् । उनको स्वरमा रेकर्ड भएका ‘ओरिजिनल’ गीतहरु अहिले रिलिज भइरहेका छन् । यस्तैमा उनको स्वरमा रहेको नयाँ गीत ‘यो ज्यान कस्तो बेइमानी’ सार्वजनिक भएको छ ।

सार्वजनिक उक्त गीतमा बसन्त सापकोटाले पनि स्वर दिएका छन् । सोमबार बसन्त सापकोटाको आफिसियल युट्युब च्यानमार्फत् सार्वजनिक गरिएको गीतमा शब्‍द तथा संगीत पनि सापकोटा कै रहेको छ । गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका छन् भने मिक्सिङको जिम्मा कृष्ण महर्जनले लिएका थिए ।

भिडियोमा गायक/गायिकाको ‘लिपसिङ’ मात्र खिचिएको छ । शान थापाले निर्देशन गरेको भिडियोमा एलिना र बसन्त गीत गाइरहेका छन् । राजिव समर सहायक निर्देशक रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोलाई सम्पादन भने सुप्रिम पराजुलीले गरेका हुन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add