बलिउडको नीजि कार्यक्रम आईफा अवार्ड नेपालमा आयोजना गर्न सरकारले आर्थिक सहयोगसमेत गर्ने तयारी गरेपछि संसदीय समितिले सो अवार्ड तत्कालन रोक्न निर्देशन दिएको छ ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मंगलबार आईफा अवार्ड रोक्न सरकारलाई दिर्नेशन दिएको हो । समितिले राष्ट्रिय स्वाधिनतामाथि नै आँच आउने गरी कार्यक्रम आयोजना गर्न लागिएको भन्दै सो वार्ड कार्यक्रम रोक्न निर्देशन दिएको हो ।
भारतीय निजी व्यावसायिक संस्था विजक्राफ्टको आर्इफा (इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी) अवार्ड आयोजना गर्न नेपाल सरकारले अनुमति दिएको छ । सरकारले महानगरपालिका र पर्यटन प्रवद्धन बोर्डलाई कार्यक्रमको जिम्मा दिएको छ भने बोर्ड र महानगरले ४० लाख डलर आयोजकलाई दिने तयारी गरेका छन् । यस्तै अवार्डका लागि नेपाल आउने करिब ६ सय पाहुनाका लागि हवाई भाडा र होटल खर्चसमेत सरकारले व्यहोर्ने तयारी छ ।
पर्यटन प्रवद्र्धन हुने भन्दै सरकारले आफ्नै खर्चमा भारतीय कार्यक्रम गर्न लागेपछि त्यसको व्यापक विरोध भइरहेका बेला संसदीय समितिले राष्ट्रियताकै प्रश्न उठाएर कार्यक्रम रोक्न सरकारलाई निर्देशन दिएको हो ।यसैबीच मंगबारै बसेको संसदको विकास समितिको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले जसरी पनि आईफा अवार्ड आयोजना गरेरै छाड्ने बताएका थिए ।








0 comments:
Post a Comment