यो मन त मेरो नेपाली हो


भारतीय मिडियामा छाए महानायक राजेश हमाल / तुलना हुन थाल्यो अमिताभ बच्चनसँग

भारतीय संचार माध्यमले नेपालका महाननायक राजेश हमाललाई बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनसँग तुलना गरेको छ।भारतीय संचारमाध्यम आजतकले महानायक हमालको बारेमा प्रकाशन गरेको एक लेखमा उनलाई अमिताभ बच्चनसँग तुलना गरिएको हो।आजतकमा ‘ये हैं नेपाली सिनेमा के अमिताभ बच्चन’ शीर्षकमा लेख लेखिएको छ।

भारतमा संचालन हुँदै आएको ‘कौन बनेगा करोडपति’लाई अमिताभ बच्चनले संचालन गर्दै आएका छन् भने नेपालमा केही समयअघिदेखि संचालन हुँदै आएको ‘को बन्छ करोडपति’लाई महानायक राजेश हमालले संचालन गर्दै आएका छन्।

लेखमा हमालको नेपाली चलचित्र जगतमा प्रवेश, पारिवारिक जीवन, अध्ययन, मधु भट्टराईसँगको विवाह देखि लिएर प्राय सबै कुरा उल्लेख गरिएको छ।
लेखमा महानायक हमालको निकै प्रशंसा समेत गरिएको छ। सो लेखलाई प्रिया शांडिल्य लेखेकी हुन्।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add