यो मन त मेरो नेपाली हो


अब फिल्म शुक्रवार मात्रै रिलिज ,भारतको लागि दिएको स्टे अर्डर खारेज

ब्याङ्कटेस ईन्टरटेन्मेन्टले फिल्म भारत रिलिज गर्न जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको थियो।त्यसमाथी कार्वाही गर्दै जिल्ला अदालतले चलचित्र विकास बोर्डलाई विपक्ष बनाउँदै फिल्म भारत सेन्सर प्रक्रियाका लागि नरोक्न स्टे अर्डर दिईएको थियो।

भारत बुधवारनै नेपालभर रिलिज भयो। तर, यसको ब्याख्या गलत रुपमा विकास बोर्ड माथी परेको थियो। चलचित्र विकास बोर्डले नेपाली फिल्मको प्रवद्र्धनको लागि सबै फिल्म शुक्रवार नै रिलिज गर्ने तयारी गरिरहँदा अदालत बाटनै स्टे अर्डर आएपछि फिल्म बुधवार रिलिज भएको बोर्ड अध्यक्ष केशव भट्टराईले बताउँदै आएका छन्।

फिल्म रिलिज हुदै गर्दा चलचित्र विकास बोर्डले काठमाडौं जिल्ला अदालतलाई स्पष्टिकरण पठाईएको थियो। चलचित्र विकास बोर्डले दिएको स्पष्टिकरणको आधारमा काठमाडौं जिल्ला अदालतले उक्त स्टे अर्डर खारेज गरिदिएको छ।भारत रिलिज गर्न स्टे अर्डर दिएको अदालतले उक्त निर्णय खारेज गरेसँगै सोही प्रकृतीका मुद्धाहरु अब अदालतमा नजाने बोर्डले जनाएको छ।

शुरुमा ब्याङ्कटेस ईन्टरटेन्मेन्टले आफ्नो स्वार्थका आधारमा एक पक्षिय तरिकाले काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरेको र अदालतले त्यसको पूर्ण कार्वाहीलाई थाति राख्दै स्टे अर्डर दिएको थियो। विकास बोर्डको स्पष्टिकरण पछि उक्त मुद्धालाई पूर्ण रुपमा कार्वाही गर्दै स्टे अर्डर खारेज गरेको हो।

स्टे अर्डर खारेजसँगै अब सबै फिल्म शुक्रवार मात्रै रिलिज हुने बोर्डले जनाएको छ। ‘एउटा घटनाबाट पाठ सबै निर्माता र वितरकले सिक्न जरुरी छ। यो घटना कसैको फाईदा र बेफाईदाको लागि हैन। समग्र नेपाली फिल्मको पक्षमा, नेपाली फिल्मको हितमा भएको हो।हामीले खुल्ला व्यापार नीतिलाई ध्यानमा राखेका छौं। कुनै पनि विदेशी फिल्म हामी रोक्दैनौं। तर, नेपाली फिल्मलाई असर नहुने गरि रिलिज गर्ने प्रक्रिया शुरु गर्ने बोर्डको चाहना हो।’ बोर्ड अध्यक्ष भट्टराईले भने।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add