यो मन त मेरो नेपाली हो


दक्षिण भारतीय फिल्म ‘वेदलम’ को रिमेकमा जोन अब्राहम

बलिउड अभिनेता जोन अब्राहम यतिबेला फिल्म ‘बाटला हाउस’ को छायांकनमा व्यस्त छन् । यसका अलावा ‘सत्यमेव जयते २’ र ‘पागलपन्ती’ को तयारीमा छन् । हाल खबर बाहिरिएको छ कि, जोन अब्राहम अब नयाँ प्रोजेक्टको तयारीमा जुटेका छन् ।

खबरका अनुसार दक्षिण भारतीय फिल्म ‘वेदलम’ को रिमेकमा जोन अब्राहमले अभिनय गर्ने भएका छन् । वास्तविक फिल्ममा दक्षिण भारतीय अजित कुमारले अभिनय गरेका थिए ।

भारतीय मिडियाका अनुसार भुषण कुमार निर्माण गर्नेछन् । यो फिल्मको हिन्दी रिमेक बनाउन उनले अनुमति लिइसकेका छन् । यो फिल्ममा काम गर्नमा चासो देखाएका छन् । फिल्मको निर्देशन कसले गर्ने र अन्य कलाकार को को हुने भन्ने भने अझै तय भएको छैन ।दक्षिण भारतीय फिल्म ‘वेदलम’ मा अजितसँगै श्रुति हसन पनि देखिएकी थिइन् । यो फिल्मको बंगला भाषामा पनि रिमेक भइसकेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add