यो मन त मेरो नेपाली हो


सलमान खानको सुपरहिट फिल्म ‘तेरे नाम’को सिक्वेल बन्ने

सलमान खानको सुपरहिट फिल्म ‘तेरे नाम’को सिक्वेल बन्ने भएको छ। एक पागल प्रेमीको रुपमा सलमानको मुख्य भूमिका रहेको यस फिल्मले हरेक प्रेम जोडीलाई मोहित पारेको थियो। २००३ सालमा बनेको यस फिल्ममा सलमानको ‘हेयर स्टाइल’को पनि निकै चर्चा भएको थियो।

उनका फ्यानले सो ‘हेयर स्टाइल’लाई निकै फलो गरेका थिए। धेरैबाट फिल्म अधुरो रहेको गुनासो आइरहेका बेला डाइरेक्टर सतीश कौशिकले सिक्वेलको घोषणा गरेका हुन्। फिल्ममा सलमान खेल्ने या नखेल्ने भन्नेबारे भने निश्चित भएको छैन।

सतीश र सलमानले निकट भविष्यमा रिलिज हुने फिल्म ‘भारत’मा सँगै काम गरेका थिए। शतीसले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्, ‘हो म फिल्मको दोस्रो पार्ट बनाउन गइरहेको छु। यो प्रेम कथामा आधारित हुनेछ। योभन्दा धेरै अहिल्यै केही भन्न सक्दिनँ।’ फिल्म २०१९ को अन्त्यसम्म तयार पार्ने तयारी रहेको समेत समाचार छ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add