बैदेशीक रोजगारीको कथामा निर्माण भएको चलचित्रलाई समाजिक कथावस्तुलाई पर्दामा उतार्न सफल निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन् । यो सिनेमालाई गायक हेमन्त राना र गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की, लगायतका कलाकारको पनि मुख्य भुमिका रहेको छ । २०१७ को सुपरहिट गीत ‘साइँली’को नाम सापटी लिएर चलचित्र निर्माण गरिएको हो । सिनेमाको सार्वजनिक ट्रेलर सिनेमाका प्राय जसो मुख्य कलाकारलाई स्थान दिइएको ख्य कलाकारलाई स्थान दिइएको छ ।
निर्देशक रामबाबु गरुङले ‘साइँली’को कथा गीतको भिडियोका देखाइएको कथा भन्दा केही फरक भएको बताए । विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको चलचित्रमा बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह निर्माताको रुपमा रहेका छन् भने चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, रहेको चलचित्रमा शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।







0 comments:
Post a Comment