यो मन त मेरो नेपाली हो


चलचित्र ‘द म्यान फ्रम काठमाडौं’ युनिट चितवनमा , परम्परागत नेपाली फिल्म भन्दा फरक धारमा

चैत्र १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘द म्यान फ्रम काठमाडौं’ अहिले चलिरहेको नेपाली चलचित्र भन्दा फरक धारमा बनेको निर्माता नकिम उद्दिनले बताएका छन् । उनले ‘द म्यान फ्रम काठमाडौं’ परम्परागत नेपाली फिल्म भन्दा फरक धारमा बनेको बताएका छन् ।प्रदर्शन मिती नजिकिदै गर्दा प्रचार प्रसारको लागि आज चितवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै निर्माता उद्दिनले यस्तो बताएका हुन् ।
उनेल ‘कागबेनी’ र ‘सानो संसार’ पछी आफुहरुले पुन एक पटक फरक किसिमको चलचित्र निर्माण गरेको बताएका छन् । उनले चलचित्रलाई नेपाली बजारमा मात्र सिमित नराखी अन्तरराष्ट्रिय बजार सम्म पुराउने सोचका साथ ‘द म्यन फ्रम काठमाडौं’ निर्माण गरिएको बताएका छन् ।’नेपाली सिनेमालाई नेपाली बजारमा मात्र सिमित गर्न हुँदैन, अब बिस्तारै अन्तरराष्ट्रिय बजार सम्म पुराउनु पर्छ र यही सोचका साथ यो फिल्म बनाएका छौं । हुन सक्छ यही चलचित्रबाट हामी सफल नहुन पनि सकिएला तर प्रयास गरेका छौं – उनले भने ।’

यस्तै उनले फिल्मलाई अन्तरराष्ट्रिय बजार सम्म लैजाने भए पछी त्यहाको फिल्मको स्तर सँग मेल गराउनका लागि पोस्ट प्रोडक्सनको सबै काम अमेरिकामा गरिएको बताएका छन् । उनले यो फिल्मलाई बिदेशी बजार सम्म पुराउनको लागि चलचित्रमा रहेका बिदेशी कलाकारहरुले ठुलो सहयोग पुग्ने विश्वाश ब्यक्त गरेका छन् ।

चलचित्रमा कलिउड सँगै हलिउड, बलिउड र पाकिस्तानी कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई अमेरिकी निर्देशक पेमा धोन्डुपले निर्देशन गरेका हुन् भने प्राविधिक टोलीहरु पनि बिदेशी नै रहेको कारण फिल्मको स्तर बिदेशी फिल्मकै जस्तै बनेको उनले बताएका छन् । चलचित्र नेपाली र अंग्रेजी दुबै भाषालाई प्रदर्शन गरिने उनले बताए । नेपालमा नेपाली भाषामा प्रदर्शन हुनेछ भने अन्य देशहरुमा अंग्रेजी भाषामा प्रदर्शन गरिनेछ । फिल्म नेपालमा चैत्र १ गतेबाट प्रदर्शन हुनेछ भने अन्य देशको प्रदर्शन मिती तय हुन बाँकी रहेको छ ।

कलाकार कर्मा शाक्यले चलचित्रमा आफ्नो नेगेटिभ भूमिका रहेको बताएका छन् । यस्तै कर्माले अहिले सम्म नेपाली चलचित्र नदेखिएको एक्सन दर्शकहरुले ‘द म्यान फ्रम काठमाडौं’ मा देख्न सक्ने बताएका छन् । उनले अन्य चलचित्रको भन्दा यसमा फरक एक्सन रहेको बताएका हुन् ।

उनले फिल्ममा एक्सन सँगै रोमान्स पनि रहेको जानकारी दिएका छन् । कर्माले यो चलचित्रको टिम सँग काम गर्दा धेरै खुशी लागेको बताएका छन् । ‘हुन त मैले यस अघी पनि बिदेशी कलाकारहरु सँग नेपाली फिल्ममा काम गरेको छु । सबै फिल्ममा आ-आफ्नै किसिमको अनुभव छ, यो फिल्मबाट पनि धेरै अनुभव लिएको छु – उनले भने ।’

अभिनेत्री आना शर्माले चलचित्रमा आफुले एउटा सामाजिक अभियन्ताको भूमिका निर्वाह गरेको बताएकी छिन् । ‘चलचित्रमा अमेरिकाबाट नेपाल आएका एक युवा जो सत्यको खोजीमा लागिरहेको हुन्छ उसलाई नेपाली संस्कार र संस्कृती बारे मैले बुझाउने बुझाउन खोजेको छु – आनाले भनिन् । यस्तै आनाले चलचित्रमा एक्सन सँगै मायाको कथा पनि रहेको बताएकी छिन् ।

आनाले यस चलचित्रमा नेपाली सिनियर कलाकारहरु सँगै बिदेशी टिम सँग काम गर्न पाउद धेरै सिक्ने अवसर मिलेको बताएकी छिन् । ‘जेरी’ देखी ‘ग्याङस्टार ब्लुज’ हुँदै ‘द म्यान फ्रम काठमाडौं’ सम्म आइपुग्दा सबैमा फरक अनुभव संगाल्दै धेरै कुरा सिकेको आनाले बताएकी छिन् ।



फिल्ममा कर्मा र आना सँगै अन्य नेपाली कलाकारहरुमा निर शाह, मिथीला शर्माको लगायतको अभिनय रहेको छ । यस्तै बिदेशी कलाकारहरुमा जोस म्यानुएल, गुल्सन ग्रोभर, हामीद शेख लगायतको अभिनय रहेको छ । जोस हलिउड कलाकार हुन् भने ग्रोभर बलिउडमा चर्चित भिलेन हुन् । यस्तै शेख पाकिस्तानका चर्चित कलाकार हुन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add