
पछील्ल्लो चलचित्र ‘बाग्मती’ त ‘सकुन्तला’ ले बक्स अफिसमा कमाल गर्न नसके पछी हमाल तत्काल अर्को फिल्म नगर्ने सोचमा पुगेका थिए । तर अब भने हमालले एउटा सुपरहिट फिल्मको सिक्वेलबाट फेरी कम ब्याक गर्ने भएका छन् । आशुसेन फिल्म्सको ब्यानरमा बन्न लागेको चलचित्र ‘प्रेम गीत ३’ मा राजेश हमालले अभिनय गर्ने भएका छन् ।
‘प्रेम गीत ३’ मा महानायक हमाल अहिलेका स्टार प्रदिप खड्काको बुवाको भूमिकामा देखा पर्ने भएका छन् । स्रोतका अनुसार हमालले अहिले चलचित्रको स्क्रिप्ट पढिरहेका छन् । चलचित्रको लागि नायिकाको छनोट हुन बाँकी रहेको छ । चलचित्रमा नयाँ नायिका हुने सम्भावना रहेको छ । सन्तोष सेनले निर्माण गर्ने ‘प्रेम गीत ३’ लाई छेतन गुरुङले निर्देशन गर्नेछन् ।







0 comments:
Post a Comment