
हरेक हप्ता आफ्नो फिल्मको प्रचारका लागि बलिउड स्टारहरु कपिलको सोमा अतिथीको रुपमा पुग्ने गरेका छन् । भारतको नम्बर वान कमेडी सोमा आजसम्म कुनै नेपाली सेलिब्रेटी अतिथी भएर पुगेका छैनन् ।
पूर्व मिस नेपाल नीकिता चाण्डकले भने कपिलको सोमा अतिथी बन्ने अवसर पाएकी छन् । चाँडै अभिनेता विराज भट्टसँग फिल्म ‘साङ्लो’ मा रोमान्स गर्न लागेकी उनले ‘द कपिल शर्मा सो’ का चर्चित कमेडियन किकु शारदा बच्चा यादवसँगको एक तश्बिर इन्स्टाग्राममा साझेदार गर्दै आफूलाई सोमा अतिथीको रुपमा निमन्त्रणा गरेकोमा धन्यवाद दिएकी छन् । उनले किकुको पनि प्रशंसा गरेकी छन् ।
नीकिताले लेखेकी छन्, ‘मलाई ‘द कपिल शर्मा सो’ मा बोलाएकोमा किकु शारदा सर धन्यवाद । फेरि एकपटक भेट्न पाएकोमा खुसी छु ।’ उनले किकुको काम प्रतिको लगानशिलताको पनि मुक्तकण्ठले प्रशंसा गरेकी छन् । नीकिताले किकुकै भ्यानेटी भ्यानमा तश्बिर क्लिक गरेकी हुन् । नीकिताको कुराले किकु उनको मिल्ने साथी र यसअघि पनि धेरै पटक भेट भइसकेको आशय व्यक्त गर्छ ।







0 comments:
Post a Comment