चलचित्र लिलीबिलीका लोकप्रिय जोडी प्रदीप खड्का र जसिता गुरुङ अभिनित नया चलचित्र ‘लभ स्टेशन’को ट्रेलर सार्वजनिक गरिएको छ । सांगीतिक प्रेम कथामा आधारित माया प्रेममा आउने विभिन्न अबरोध प्रस्तुत गरिएको छ। चलचित्रको टेलरमा विशेष गरेर चलचित्रका मुख्य पत्र प्रदीप र जसिताको रोमान्स र प्रेम बिछोडलाई स्थान दिइएको छ ।
चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।
चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।चैत्र २२ गतेदेखि चलचित्र ‘लभ स्टेशन’लाई दर्जिलिङ, कलिङपोङ, मिरिक, फिक्कल, कन्याम, इलाम, श्रीअन्तु हुँदै काठमाडौं उपत्यकामा छायाँकन गरिएको थियो ।यो चलचित्रलाई बर्षकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।
लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।चलचित्रलाई गोबिन्द शाहीले निरमं गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

0 comments:
Post a Comment