यस वर्षको अन्त्य अर्थात् चैत्र अन्तिममा फिल्म ’यात्रा’ रिलिज हुदैछ । जसमा राइजिङ स्टार सलिनमान बनियाको अभिनय रहेको छ । सलिन यसमा यात्रीको भूमिकामा छन् । यात्राको क्रममा आउने आरोह अवरोहलाई यसमा देखाइएको छ । डेब्यु फिल्म ’ए मेरो हजुर २’ मार्फत नै आफ्नो एक किसिमको फ्यान फ्लोअर्स बनाइसकेका सलिन यस फिल्म मार्फत निकै आश्वादी छन् ।
’मैले चाहेकै किसमको भूमिकालाई यसमा निर्वाह गरेको छु’ सलिन भन्छन् ’फिल्मले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्धन त गर्छन नै दर्शकलाई पनि लोकेशनले आँखामा शितलता दिन्छ ।’ फिल्मको टाइटल गीत यात्रालाई नेपालको पहाडी तथा हिमाली भेगको विभिन्न मनोरम दृश्यमा छायांकन गरिएको छ । अर्को साता रिलिज हुने गीतको केहि तस्वीर निर्माण पक्षले सार्वजनिक गरेको छ । यस गीतमा शब्द र सगीत प्रतिक पौडेलको रहेको छ भने यसलाई धर्मेन्द्र सेवान , मेलिना राई , प्रेक्षा बज्राचार्य र उपकार पाण्डेले स्वर दिएका छन् ।
फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका छन् । ’फिल्मको कथावस्तु यात्रामा केन्द्रित छ तर यसले पूर्ण रुपमा मनोरंजन दिन्छ’ निर्देशक शाक्य भन्छन् ’फिल्ममा चाहिने सम्पूर्ण तत्व यात्रामा छ ।’
फिल्ममा यात्राको क्रम आउने परिस्थिति , माया र मित्रतालाई देखाइने उनले बताए । यसमा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ ।
यसै फिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दैछिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ ।
फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।
कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह( निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् ।
फिल्मलाई संजय लामाले खिच्नेछन् । फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन रहेको छ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।

0 comments:
Post a Comment