यो मन त मेरो नेपाली हो


साउथका चर्चित हाँस्यकलाकार ब्रह्मानन्दमको मुटुको अप्रेशन ,अलु अर्जुन पुगे भेट्न

दक्षिण भारतीय फिल्म उद्योगका चर्चित हाँस्यकलाकार हुन् ब्रह्मानन्दम । उनको हालै भारतको मुम्बईमा मुटुको अप्रेशन भएको छ । छाति दुख्ने समस्या देखिएपछि अस्पताल पुगको उनको डाक्टरहरुले अप्रेशन गर्नुपर्ने बताएका थिए । यसपछि उनको अप्रेशन भएको छ । भर्खरै अप्रेशन गरिएका ब्रह्मानन्दमलाई अर्का दक्षिण भारतीय अभिनेता अलु अर्जुनले भेटेका छन् । भेटपछिको तस्वीर उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गर्दै आफू ब्रह्मानन्दमको फ्यान भएको बताएका छन् । अलु अर्जुन र ब्रह्मानन्दमले कैयौं फिल्ममा साथै काम गरेका छन् । उनलाई भेटेपछि अलु अर्जुनले लेखेका छन्, ‘वास्ताविक आइरन म्यान, एक बलियो हृदय भएका मानिस । रमाइलो र निडर , मेरा किलबिल पाण्डेलाई देखेर निकै खुशी भएको छु । लभ ब्रामी ।’ ब्रह्मानन्दमको हार्टको सर्जरी एशिय हार्ट सेन्टरका डाक्टर रमाकान्त पांडाले गरेका हुन् । ब्रह्मानन्दमको नाम गिनीज बुक अफ वल्र्ड रेकर्डमा पनि दर्ता छ । यो रेकर्ड २००७ मा एकै भाषामा ७०० भन्दा धेरै फिल्ममा अभिनय गरेकोमा दर्ता गरिएको हो ।उनले तीन दशकको फिल्मी करिअरमा १००० भन्दा धेरै फिल्ममा काम गरेका छन् । ब्रह्मानन्दम एक फिल्ममा काम गर्नका लागि एक करोड भारु लिन्छन् । ब्रह्मानन्दम यति चर्चित छन्की साउथका हरेक दुई वा तीन फिल्म मध्ये एकमा उनी देखिन्छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add