यो मन त मेरो नेपाली हो


तस्वीरमा नियाल्नुहोस् भारी हिमपातपछिको मुस्ताङ, जनजीवन कष्टकर बन्दै

केही दिनदेखिको लगातार वर्षा र हिमपातका कारण जनजीवन कष्टर बन्दै गएको छ । काठमाडौं लगाएतका जिल्लाहरुमा वर्षा र मध्य पहाडी र हिमाली भेगमा भारी हिमपात भएको छ । विशेषगरी मनाङ, मुस्ताङ, डोल्पा लगाएतका उच्च हिमाली जिल्लाहरुमा भारी हिमपातका कारण जनजीवन कष्टर बन्दै गइरहेको छ ।

यतिबेला मुस्ताङमा हिउँ पर्न रोकिए पनि चिसो ह्वात्तै बढेको छ, जसको यसको प्रत्यक्ष असर जनावरलाई परिरहेको छ । मुस्ताङ लगाएतका हिमाली जिल्लाहरुमा चौरी, भेडा, बाख्रा लगायतलाई असर पु¥याइरहेको छ ।
मुस्ताङमा करीब दर्जनभन्दा बढी चरणहरु रहेका छन् । मुस्ताङको थासाङ गाउँपालिकादेखि उपल्लो मुस्ताङको लोमान्थाङ आसपासका क्षेत्रहरूमा गरी दर्जन बढी हिमाली चरणहरुमा चर्ने धेरै जनावर लगायत चौरी र भेडाबाख्राहरुलाई हिमपातका कारण चरनमा लानसक्ने अवस्था छैन । त्यहाँका स्थानीयहरुका अनुसार तीन फिटसम्म हिउँ जमेको छ ।
स-साना बच्चाहरूलाई न्यानो गरी राख्नसमेत नसकिएको त्यहाँका स्थानीयहरुले बताएका छन् । लगातार हिमपातका कारण मुस्ताङमा बिद्युत अबरुद्ध हुँदा संचार क्षेत्र पनि प्रभावित भएको बताइएको छ ।














जिल्लामा संचालित रेडियो, टेलिफोन जस्ता संचारका माध्यमहरु अवरोध हुँदा मुस्ताङबासीको दैनिकीमा असहजता आएको स्थानीयहरु बताउँछन् । तस्वीरः सुशिलबाबु थकाली
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add