यो मन त मेरो नेपाली हो


अभिनेता प्रदिप खड्काले ‘शुभ विवाह’ गर्दै

युवा पुस्ता माझ लोकप्रिय तथा अहिलेका चर्चित अभिनेता प्रदिप खड्काले ‘शुभ विवाह’ गर्ने भएको छन् । ‘बेला’ ले ‘अबेला’ गरे पछी उनले ‘शुभ विवाह’ गर्ने भएका हुन् । तर उनले गर्न लागेको ‘शुभ विवाह’ रियल लाइफमा नभई रिल लाइफमा हो ।
हाल ‘लभ स्टेसन’ प्रदर्शनको लागि ब्यस्त रहेका प्रदिपले ‘शुभ विवाह’ गर्ने पक्का भएको हो । प्रदिपले ‘शुभ विवाह’ गर्ने लगभग पक्का भईसके पनि अधिकारिक सम्झौता भने हुन बाँकी रहेको छ । यस अघी उनले रामबाबु गुरुङ को ‘बेला’ मा काम गर्ने भनिएको थियो । तर ‘बेला’ को काममा ढिला हुने भए पछी उनले ‘शुभ विवाह’ गर्ने भएका हुन् ।

‘शुभ विवाह’ लाई सुरेन्द्र पौडेलले निर्देशान गर्ने छन् । पौडेल निर्देशित चलचित्र ‘कृ’ गत बर्ष प्रदर्शन भएको थियो । स्रोतका अनुसार केही दिनमै प्रदिपले ‘शुभ विवाह’ का लागि कागजी सम्झौता गर्नेछन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add