यो मन त मेरो नेपाली हो


चलचित्र ‘अदालत’को आइटम गीतमा सुष्मा कार्की (भिडियो)

चलचित्र ‘अदालत’को ‘तीन पाने’ बोलको आइटम गीत सार्वजनिक भएको छ । आइटम गीतमा नायिका सुष्मा कार्की फिचर्ड छिन् ।
फागुन २४ गतेबाट रिलिज हुने फिल्मको यो गीत अन्य आइटम गीत भन्दा फरक रहेको निर्माण पक्षले दाबी गरेको छ । गीतमा दिनेश लिङ्देनको लेखन, यदु राई लकान्द्री र दिनेश लिङ्देनको स्वर तथा रोशन वान्तवा राईको संगीत छ । ज्ञानु राईको छायांकन रहेको गीतमा दिनेश पाख्रिनको कोरियोग्राफी र रन्जीत मानन्धरको सम्पादन छ ।
फिल्मलाई दिनेश लिङ्देनले निर्देशक गरेका हुन् । फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दा जस्ता आपराधिक एवं संवेदनशील घटनाहरुलाई मुख्य विषय बनाएको बताए ।
फिल्ममा एलिना बाँस्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, बिन्दा थिङ, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमीरे, बिन्दा थिङ, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडका आदिको मुख्य भुमिका रहेको छ । यही फिल्मबाट मदन, राजकुमार, रुद्र र शान्तिले डेब्यु गर्दैछन् ।

फिल्ममा रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व, विक्रम डिसीको छायांकन र रन्जित मानन्धरको सम्पादन छ । बसन्त थेवे कार्यकारी निर्माता रहेको फिल्ममा मेखबहादुर मगर सहनिर्माता र आरपी दाहाल प्रस्तुतकर्ता छन् । फिल्ममा कविता राई निर्मात्री छिन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add