यो मन त मेरो नेपाली हो


‘साईनो‘को ‘मायालुलाई जात्रैमा भेटियो’ गीतमा मिरुना मगर र राजकुमार (भिडियो)

सोमबार काठमाडौंमा एक समारोह बीच आगामी जेठ १० गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र चलचित्र ‘साईनो‘ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘मायालुलाई जात्रैमा भेटियो’ बोलको सार्वजनिक गीतमा मिरुना मगर र नव अभिनेता राजकुमारको लोक शैलीको रमाईलो नृत्य रहेको छ ।

बरिष्ट गीतकार एवम् चलचित्र निर्देशक चेतन कार्की शब्द रहेको यस गीतमा बसन्त सापकोटाको संगीत रहेको छ ।गीतमा मेलिना राई र प्रताप दासको स्वर रहेको छ । गीतको रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।

चलचित्रमा नीता ढुंगाना, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रलाई नेपाली चलचित्रकी प्रथम नायिका भूवन थापा चन्दले निर्माण गरेकी हुन् । चलचित्रमा कार्यकारी निर्माता शरण थापा रहेका छन् ।
त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘साईनो‘लाई रमेश थापाले निर्देशन गरेका हुन् । साईनोमा अभिमन्यु ‘ निरवी‘ र निर्देशक थापाको लेखन छ । यसको छायांकन रामेश्वोर कार्कीको, सम्पादन बनिश शाहको रहेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add