यो मन त मेरो नेपाली हो


फिल्म ‘दाल भात तरकारी’ को पहिलो गीत ‘भिजिट भिसामा’ सार्वजनिक

निर्माणको समय देखि नै चर्चामा रहेको फिल्म ‘दाल भात तरकारी’ को पहिलो गीत ‘भिजिट भिसामा’ सार्वजनिक गरिएको छ । राजधानी स्थित कुमारी हलमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो । गीतमा फिल्मका अधिकाँस कलाकार फिचर्ड छन् । गीतलाई त्रिभुवन विमानस्थल र हायात होटलसँगै उद्घाटन भैनसकेको ‘गणतन्त्र पार्क’मा खिचिएको छ ।

शम्भुजित बास्कोटाको संगीतमा तयार भएको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरिरहेका छन् । गीतमा मुख्य कलाकार हरिवंश आचार्य, नायिका निरुता सिंह, नायक पुष्पल खड्का, नायिका आँचल शर्मा र नायिका बर्षा राउत, कलाकार राजाराम पौडेललाई देख्न सकिनेछ । ९० भन्दा बढी कोरसको साथमा खिचिएको गीतले फिल्मको गीतलाई कुनै सम्झौतानगरी तयार गरिएको छ । सुदन केसीको निर्देशनमा तयार भैरहेको फिल्मलाई मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेका छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add