यो मन त मेरो नेपाली हो


फिल्म ‘जोकर’ को ट्रेलर सार्वजनिक / ट्रेलरमा कमेडी र एक्सनको समिश्रण

काठमाडौं– १ चैत्र रिलिज मिति तोक्दै प्रचारप्रसारमा जुटेको फिल्म ‘जोकर’ फेरि सरेको छ । फिल्म १ चैत्रबाट सरेर ३ फागुनमा आएको यसका वितरक करण श्रेष्ठ क्रेजीले बताए ।  ‘चैत्र १ मा धेरै फिल्म हुने भएपछि रिलिज फागुनमा ल्याइएको हो’ करणले भने ‘फिल्म इन्टरटेनमेन्ट छ, सबैले रुचाउनुहुन्छ ।’

फिल्मको नयाँ  ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा कमेडी संगै एक्सन पनि समाबेस गरिएको छ।  चलचित्रको लागी सम्पूर्ण कलाकारहरु देखाइएको ट्रेलर दर्शकहरुले मन पराउनेमा निर्देशक माहादेब त्रिपाठी आशाबादी छन।  यस अघि सिनेमाको एक गीत "तिम्रो जिरो फिगर " हिट भैसकेको छ। 
धुर्व बिस्कोको शब्द तथा संगीत रहेको गीतमा स्वर धुर्व र सुमन गुरुङको रहेको छ । गीतको कोरियोगफी शिव विकले गरेका हुन् । याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा कलाकार तथा निर्देशक महादेव त्रिपाठीको ‘जोकर’ मा विशेष पन्तले लेखेका हुन् ।

महादेवको अलवा सुरेन्द्र केसी (मुलको साग), शिवशंकर रिजाल(जोकेन्द्र), अन्जु थापा, बाल कलाकार रिहानराज गिरी, नवराज श्रेष्ठ, राजेन्द्र गिरी, विनोद राई, विशेष पन्त र नव अभिनेत्री सिम्पल खरेलको अभिनय छ ।

फिल्मलाई गणेश श्रेष्ठ, कर्णबहादुर तामाङ्ग, केदारप्रसाद कोईराला, सामन र रेहान तथा कुमार सिलवालले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add