यो मन त मेरो नेपाली हो


नेपालमा बडी बिल्डिङ च्याम्पियनसिप हुँदै, नेदरल्यान्डका रोली आउने

काठमाडौँ । नेपालमा शारिरिक सुगठन विस्तारका लागि आइएफबीबी प्रोपफेसनल लिग हुने भएको छ । नेपालका बडी बिल्डरहरुबारे उत्सुकता जनाउँदै अन्तर्राष्ट्रिय शारीरिक सुगठन महासंघ (आइएफबीबी)ले सो लिग सञ्चालन गर्ने भएको हो ।
‘आइएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ प्रो क्वालिफायर’ नाम दिइएको साे प्रतियोगिता ‘एकेडेमी हल’ मा फागुन ३ र ४ गते (फेब्रररी १५ र १६ मा) आयोजना हुने भएकाे हाे ।
आइएफबीबी विश्व प्रसिद्ध बडी बिल्डर च्याम्पियनसिप लिग हो । यो लिग क्यालिर्फानियाका पुर्व स्टेट गभर्नर र चर्चीत हलिउड स्टार एर्नोल्ड शवरजेनेगरसँग सम्बन्धित रहेको छ ।

गत डिसेम्बर ७ को शुक्रबार एक प्रेस मिटमा आइएफबीबी लिग नेपालका अध्यक्ष सानु गुरुङ्गले आइएफबीबी लिगले आइएफबीबी लिग नेपाल चेप्टरलाई लिग सञ्चालनका लागि अवसर दिएको बातएका थिए ।
आइएफबीबी नेपालका अनुसार नेपालमा हुने यो प्रतियोगीतामा नेपाल लगायत विभिन्न देशका बडी बुल्डरको सहभागिता रहनेछ । नेपालमा पहिलो पटक हुन लागेको साे आइएफबीबी लिग बडिबिल्डिङका ‘गेष्ट पोजर’ का रूपमा नेदरल्यान्डका रोली विङ्कलार फेब्रुअरी १४ मा नेपाल आउने भएका छन् । उनी १४ तारिखमा आएर १७ तारिखमा फर्कने बताइएकाे छ । 
करिब ४ करोडको लगानीमा आयोजना भइरहेको यो च्याम्पियनसिपमा २० देशका २०० भन्दा बढी प्रतियोगीहरुको सहभागिता रहनेछ । अहिलेसम्म १७० देशहरु आइएफबीबी लिगका सदस्य भइसकेका छन् ।


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add