विश्व मानचित्रमा मुलुकलाई छुट्टै रुपमा चिनिने बनाउँछाैँ, संविधान संशाेधन फेसन हाेइन : प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको नारा अफूले त्यत्तिकै नल्याएको बताउनुभएकाे छ । देशको विकासलाई गति दिनकै लागि कृषि आधुनिकीकरणलाई बढावा दिने कार्ययोजना ल्याइसकेको समेत उहाँले बताउनुभयो ।

संघीय संसदको प्रतिनिधिसभामा आज सांसदका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले पाइपलाइनमार्फत तेल भित्र्याउने आफ्नो योजनाको मजाक उडाएको स्मरण गराउँदै हाल सो योजनाको काम धमाधम भइरहेको बताउनुभयो ।
नेपालले द्वन्द्व व्यवस्थापनमा पाएको सफलताप्रति दुनियाको चासो बढेको बताउँदै उहाँले अब मुलुकलाई विश्व मानचित्रमा चिनिने बनाउने दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले अब नेपाल भूपरिवेष्ठित मुलुक नरहेको बताउनुभएको छ । अहिले नेपाल उत्तर र दक्षिण दुवै देशसँग पारवहनमा खुला रहेको बताउनुभएको हो । उहाँले नेपालमा भारतमार्फत रेलमार्ग ल्याउन काम अघि बढिसकेको बताउँदै चीनिया रेल पनि काठमाडौँ ल्याउन आवश्यक तयारी भइसकेको बताउनुभयो ।
पुनर्निर्माण हुन्छ
प्रधानमन्त्री ओलीले बाढी र भूकम्पबाट क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माण पनि छिटै सम्पन्न हुने बताउनुभएको छ । सांसद प्रभु शाहले सोध्नुभएको प्रश्नको उत्तर दिँदै उहाँले प्रम ओलीले सरकार जनताको सेवा गर्ने काममै लागेकाले भूकम्प र अन्य कारणले क्षति भएका सबै ठाउँमा पुनर्निर्माण गरिने बताउनभएको हो ।
पुनर्निर्माण हुँदै गर्दा सुत्केरी, एकल महिला लगायतलाई सरकारले मुख्य प्राथमिकतामा राख्ने उहाँकाे भनाइ थियाे । सांसद शाहले २०७४ सालमा आएको बाढीका कारण क्षति भएका घरहरुको निर्माण हुन्छ कि हुँदैन भनेर प्रश्न गर्नुभएको थियो ।
संविधान संशाेधन फेसन हाेइन
प्रम अाेलीले संविधान संशाेधन अावश्यकता र अाैचित्यका अाधारमा हुने बताउनुभएकाे छ । सांसद प्रदीप यादवले साेध्नुभएकाे ‘संविधान संशाेधन कहिलेसम्म हुन्छ’ भन्ने प्रश्नमा प्रम अाेलीले भन्नुभयाे, ‘याे कुनै फेसनकाे लागि संशाेधन गरिने विषय हाेइन, अावश्यकता र अाैचित्यका अाधारमा बनाइने कुरा हाे ।’







0 comments:
Post a Comment