कन्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको लगभग छ महिना बितिसक्यो । घटनाको दोषी पत्ता लगाउन नसकेको भन्दै सुरक्षा निकाय र सरकारको आलोचना व्यापक भईरहेको छ । हत्या काण्डले दिनप्रतिदिन नयाँ मोड लिईरहेको समाचारहरु संचारमाध्यमहरुमा आईरहेकाछन् । यसै घटनाको वास्तविक कथामा आधारित भएर चलचित्र निर्माण भएको छ । चलचित्रको नाम हो ‘कोपीला’ । ‘कोपिला’को करिब एक महिनाको अवधिमा सोमबार छाँयाकन सम्पन्न भएको छ । यो चलचित्रलाई शिवम् अधिकारीले लेखन एवम निर्देशन गरेका हुन । सोमबार चितवनमा चलचित्रको ईन्डक्ल्याप गर्दै छायाँकन सम्पन्न भएको निर्देशक अधिकारीले बताएका छन् ।

करिब ८० लाख रकमको लागतमा निर्माण भएको यो चलचित्रले स्व.पन्तको बलात्कार र हत्या पछि सिर्जित सामाजिक स्थिति र हाल सम्मको अवस्थामा आईपुग्दा सम्मको चित्रण समेटिएको निर्देशक अधिकारीले बताए । ‘कोपिला’मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति समावेश छ । चलचित्रको प्रमुख पात्र निर्मला अर्थात ‘कोपिला’को भुमिकामा संजीवनी खरेल लाई फिचर गरिएको छ ।
चलचित्रमा संचारकर्मी मणिराज गौतम र करुणाकर घिमिरे मुख्य निर्माता रहेका छन् भने कलाकार गणेश गिरीको प्रस्तुति रहेको छ । चलचित्रको कार्यकारी निर्मातामा सुभाषराज काफले,सह निर्माताहरुमा सम्पादक तथा एनिमिटर समिर मियाँ र छायाँकार रामेश्वर कार्की रहेका छन । ‘कोपिला’मा सरिता गिरि,गणेश गिरि,सिद्धीचरण श्रेष्ठ,अस्मिन घिमिर,अस्मिता जुरेली,प्रतिक्षा खड्का,शिया आचार्य,जुनिपर पौडेल लगाएतका कलाकारहरुको अभिनय रहेको छ । ‘कोपीला’मा छायाँकार शिव शरण न्यौपाने,मुख्य साहयक निर्देशक राम बाबु खड्का,संगीत दिपक शर्माको रहेको निर्देशक अधिकारीले बताए ।

0 comments:
Post a Comment