यो मन त मेरो नेपाली हो


प्रदेश ३ सरकारले हेटौंडामा यातायात सेवा कार्यालयकाे विस्तार गर्याे

हेटौंडा । प्रदेश ३ सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहने गरी यातायात सेवा कार्यालय विस्तार गरेको छ । हेटौंडा ११ स्थित थाना भर्याङ्गको सेवा कार्यालयबाट निजी, सरकारी, भाडाका सबै नयाँ सवारी दर्ता, नविकरण गर्न सकिनेगरी प्रबन्ध मिलाइएको कार्यालयका निमित्त प्रमुख पोषण थापाले जनाएका छन् । आजबाट शुरु भएको कार्यालयले प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रयोग गर्ने चार पाङ्ग्रे सवारीमा पहिलो नम्बर प्रदेश–३–३, ००१–झ ०००१ प्रदान गरी शुरु गरेको छ । सेवा सुभारम्भ कार्यक्रमा बोल्दै प्रमुख अतिथि समेत रहेका प्रदेश ३ मुख्यमन्त्री डोरमणी पौडेलले सेवाग्राहीको कुनै पनि गुनासो नआउने गरी कार्यालय सञ्चालन गर्न निर्देशन दिएका छन् । हाल कर्मचारी अभावले समस्या रहेको स्वीकार गर्दै मुख्यमन्त्री पौडेलले सो समस्या समाधानका लागि प्रदेश सरकारले चाँडै नै निर्णय लिने प्रतिबद्धता व्यक्त गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशल किशोर झाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ३ का मुख्यसचिव आनन्दराज ढकाल, मन्त्रालय मातहतका सचिव, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष गोकर्ण पराजुली लगायको उपस्थिति रहेको थियो ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add