यो मन त मेरो नेपाली हो


काठमाडौँको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा २ जनाको मृत्यु, एक गम्भीर घाईते

काठमाडौँ । राजधानीका भएको छुट्टौछुट्टै स्थानमा बुधबार भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । सिनामङ्गलस्थित सडकमा बा१९च ९६४५ नम्बरको गाडीको ठक्करबाट सिनामङ्गलमा डेरा गरी बस्ने उदयपुर कटारी नगरपालिका ८ की १८ वर्षीया अनिमा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी दुर्घटनामा गम्भीर घाइते भएकी थिईन् । काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ठक्कर दिने गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच काठमाडौँ महानगरपालिका– १ भाटभटेनीमा बा३०प २६४८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउको इनारमा खस्दा मोटरसाइकलमा सवार वसुन्धारामा डेरागरी बस्ने २३ वर्षीय शर्मा गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २२ वर्षीय राजदेव चौधरीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add