यो मन त मेरो नेपाली हो


जहानियाँ राणा शासनविरुद्ध बलिदान दिएका अमर शहीदको सम्झनामा ‘शहीद सप्ताह’ सुरु

 काठमाडाैं । जहानियाँ राणा शासन विरुद्ध लडेर बलिदान दिएका शहीदको सम्झनामा आजबाट शहीद सप्ताह सुरु भएको छ । काठमाडौं महानगरपालिकाको संयोजनमा माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ ।

 आज पहिलो दिन टेकुको पचलीमा शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गरी शहीद सप्ताहको थालनी भएको छ । नागरिक स्वतन्त्रताको माग गर्दा विक्रम संवत् १९९७ माघ १० गते राति १२ बजे काठमाडौंको टेकु पचलीस्थित खरिको रुखमा शुक्रराज शास्त्रीलाई झुण्ड्याएर हत्या गरिएको थियो । त्यसैगरी माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई तथा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणाशासकले गोली हानेर मृत्युदण्ड दिएका थिए ।


 देशका लागि जीवन बलिदान गर्ने शहीदहरुप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । सप्ताहान्तमा हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । शहीद दिवसका अवसरमा यी चार अमर शहीदका अतिरिक्त विभिन्न कालखण्डमा भएका जनआन्दोलनका क्रममा ज्यानको आहुति दिने सबै शहीदको सम्झना गरिन्छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add